Saturday, June 26, 2010


मौसम घाँटुको ( Ghatu )

माली गाईको गोबर गंगाजलको पानी ल्यावैला
आफ्नै आँगन लिपैला ।
.........................................
धरती मातालाई जुहारैलो
सीमीभुमीलाई जुहारैलो
चण्डीमाईलाई जुहारैलो ...............

यस गीतको प्रारम्भसँगै शुरु हुन्छ सती घाँटु । गुरुङ्गजातीहरुको महत्वपूर्ण संस्कृतीहरु मध्ये घाँटु पनि एक हो । घाँटु गीत शुरु गर्नु भन्दा अगावै घाँटुनीहरुले गुरुबा, गुरुआमाहरुलाई ढोग्नु पर्दछ र आफू वस्ने ठाउँमा गाईको गोबरले लिप्नु पर्दछ । लोपोन्मुख अवस्थामा रहेको गुरुङ्ग जातिको पुरानो संस्कृतिको रुपमा रहेको घाँटु नृत्य माघ महिनाको श्रीपञ्चमीमा राम्रो बार पारेर बेलुकीको समयमानै शुरु गरिन्छ र बैशाख पूणिमामा समापन गरिन्छ । तर बैशाख पूणिर्माको बिहान सम्पूर्ण गाउँलेहरुले आ-आफ्नो घरको पुजा सकेपछि उक्त दिनमा भने घाँटु नृत्य दिनमै शुरु गरिन्छ । उक्त दिनमा गाउँका युवा तथा बाबाहरु मिलेर पूर्र्णोको उक्त दिनमा भोलीपल्ट -जुन दिनलाई वासी पूर्र्णो भनिन्छ जोगे -जोकर समूहलाई र घाँटुनी समूहलाई चाहिने सामान बनाउनु पर्दछ ।-स्थानिय भाषमा उत्त सामानलाई दारपात भनिन्छ । घाँटुको सामान बनाउँदा केवल सिमलकै काठ प्रयोग गर्नु पर्ने चलन रहि आएको छ । कथा अनुसार सामानहरु घोंडा, बन्दुक, खुकुरी, बाँसको दरबार -जुन सात तलाको हुन्छ, जसलाई सला भनिन्छ वासी पूणिर्माको दिनमा जोगे निस्किन्छ । उक्त दिनमा राजा आफ्नो दलबल सहित शिकार खेल्न जंगलतिर लाग्दछ । मृग मारे पछि राजालाई एउटा साँप्रा दिनु पर्दछ भने अरुमासु त्यही खान्छन् । कथा अनुसारनै मासु, खाने दाँत कोट्याउने, अभिनय हँस्यौलीपारामा जोगे समूहले गर्दछ भने त्यहि अभिनय घाँटुनीहरुले नृत्यमानै गर्दछ । त्यस पछि जोगे र घाँटुनीहरुले त्यहाँ आउने दर्शकहरुसँग दक्षिणा माग्ने चलन पनि रहेको छ ।

No comments:

Post a Comment